उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च जाने तयारीमा रेशमलाल, उनका बुवालाई दिइयो चुनाव चिन्ह
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध मुद्दा दायर गर्ने भएका छन् । जेलबाटै बर्दिया निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका उनको उम्मेदवारी खारेज गरिएपछि कानुनी उपचार खोज्ने बताएका छन् ।
टीकापुर घटना मुद्दामा आफूहरू निर्दोष रहेको र आफूहरूको मुद्दा समेत सर्वोच्च अदालतमा विचाराधीन रहेको बताउँदै उनले आफ्नो उम्मेदवारीविरुद्ध उजुरी दिने र उजुरी उपर छानबिन गरी खारेजीको निर्णय गर्ने निर्वाचन अधिकृत नगेन्द्र लम्सालविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने प्रतिक्रिया दिएका छन् ।
कानुन अनुसार आफू योग्य रहेपनि आफ्नो राजनीतिक अधिकार नै समाप्त पार्ने गरी उम्मेदवारी खारेजी गरिएको निर्णयले आफूहरूमाथि थप अन्याय भएको रातोपाटीलाई प्रतिक्रिया दिएका हुन् ।
रेशमका बुवालाई चुनाव चिन्ह नल , जगदीशलाई नल
यसैबीच निर्वाचन आयोगले रेशमलाल चौधरीको बुवा लालवीर चौधरीलाई चुनाव चिन्ह चापाकल (नल) प्रदान गरेको छ । बर्दिया निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका रेशमलालको उम्मेदवारी खारेज गरिएपछि उनको ठाउँमा नागरिक उन्मुक्तिले आधिकारिक मानिएका उनका बुवालाई चुनाव चिन्ह चापाकल (नल) प्रदान गरिएको हो ।
त्यस्तै, कैलाली निर्वाचन क्षेत्र ५ बाट उम्मेदवारी दिएका थरुहट नेता लक्ष्मण थारुको उम्मेदवारी खारेज गरिएपछि उनको ठाउँमा नागरिक उन्मुक्ति पार्टीबाट आधिकारिक मानिएका जगदीश चौधरीले चुनाव चिन्ह चापाकल (नल) पाएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले टीकापुर घटना मुद्दामा रेशम र लक्ष्मण थारुलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले दोषी ठहर भएको र रेशम २०७४ फागुन १४ गतेदेखि निरन्तर कैदमा रहेको र लक्ष्मण थारु उच्च अदालतले जन्मकैद फैसला सुनाए पनि फरार सूचीमा रहकोले उम्मेदवारी खारेज गरेको थियो ।
उनीहरुको उम्मेदवारीविरुद्ध छुट्टाछुट्टै उजुरी परेपछि उजुरी उपर छानबिन गर्दै खारेज गर्ने निर्णय गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण