शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभातर्फ जसपाका ७९ र लोसपाका ५१ उम्मेदवार

बुधबार, २६ असोज २०७९, २२ : ३०
बुधबार, २६ असोज २०७९

प्रतिनिधिसभा अन्तर्गत जनता समाजवादी पार्टीले ७९ सिटमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको छ । लोसपा नेपालले भने ५१ सिटमा उम्मेदवारी दिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जसपा नेपालले केही सिटमा एमालेसँग तालमेल गरेको छ ।

अर्कोतिर लोसपा नेपालले भने सत्तारुढ गठबन्धनसँग तालमेल गरेर भागबण्डाका आधारमा उम्मेदवारी दिएको हो । उम्मेदवारी फिर्ताको समय सकिएपछि निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो ।
१६५ निर्वाचन क्षेत्रमा जम्मा दुई हजार ४१२ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप