ताप्लेजुङमा एमाले भर्सेस माओवादी, यी हुन् ११ उम्मेदवार
प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा एमाले र सत्ता गठबन्धनको माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार ताप्लेजुङमा स्वतन्त्रसहित ११ उम्मेदवार रहेका छन् ।
नेकपा एमालेले योगेशकुमार भट्टराईलाई उम्मेदवार बनाएको छ भने माओवादी केन्द्रले खेल प्रसाद बुढाक्षेत्री, जनता समाजवादी पार्टीले चन्द्र मादेनलाई उम्मेदवार बनाएको छ । यसैगरी राप्रपाले रामबहादुर कार्की, लोसपाले चैतन्य प्रकाश केदेम, मंगोल नेशनल अर्गनाइजेशनले विक्रम लिम्बु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले होम प्रसाद तुम्बाहाङ्फे, राष्ट्रिय जनमुक्ति पार्टीले इन्द्र कुमार लिम्बु उम्मेदवार हुँदा स्वतन्त्रबाट सञ्जु कुमार पालुंवा र हरि प्रसाद बराल उम्मेदवार रहेका छन् ।
ताप्लेजुङमा भट्टराई र बुडाक्षेत्रीबीच रोचक प्रतिस्पर्धा हुने ठानिएको छ । एमाले एक्लै चुनावी मैदानमा हुँदा माओवादीलाई कांग्रेस, एकीकृत समाजवादीसहितका दलहरुको समर्थन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण