सातौं निर्वाचनमा देउवाका ७ प्रतिस्पर्धी, कांग्रेस (बीपी)लाई एमालेको साथ
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षतर्फ ८ जना उम्मेदवार चुनावी मैदानमा छन् । डडेल्धुरामा सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेस सभापति देउवा नै उम्मेदवार छन् ।
सातौंपटक यस क्षेत्रबाट उम्मेदवार बनेका उनले चुनावमा सात प्रतिस्पर्धीको सामना गर्नुपर्ने भएको छ । नेकपा एमालेले भने नेपाली कांग्रेस (बीपी) का उम्मेदवारलाई सघाउने गरी डडेल्धुरामा आफ्नो उम्मेदवारी दिएको छैन ।
देउवाको प्रतिस्पर्धीका रुपमा कांग्रेस (बीपी) बाट कर्णबहादुर मल्ल उम्मेदवार छन् । यहाँ जसपा नेपालबाट श्याम सिनाल, राप्रपाबाट गोविन्द खडायत उम्मेदवार छन् । डडेल्धुरामा चार जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा विक्रमबहादुर शाही, सागर ढकाल, कर्णसिंह रावल र लालबहादुर कठायत छन् । यस क्षेत्रबाट यसअघिका ६ वटा संघीय र संविधानसभा निर्वाचनमा देउवा विजयी हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण