लमजुङमा दुई ‘हेभिवेट’को प्रतिस्पर्धामा कसले मार्ला बाजी ?
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लमजुङबाट एक स्वतन्त्र सहित १० जनाले उम्मेदवारी दिएका छन् । जसमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका देव गुरुङदेखि एमालेका पृथ्वी सुव्वा गुरुङबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । पीएस एमालेका उपमहासचिव हुन् भने उनी पुर्व गण्डकीका पूर्व मुख्यमन्त्री समेत हुन् ।
माओवादीका महासचिव समेत रहेका देव गुरुङ पूर्व कानुनमन्त्री हुन् । यो निर्वाचन क्षेत्रमा अन्य उम्मेदवारहरुमा जनता समाजवादी पार्टी नेपालका नरेन्द्र बहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका बाल चन्द्र श्रेष्ठ,नेपाल मजदुर किसान पार्टीका राजेन्द्र प्रसाद प्रजापति रहेका छन् ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेपाल टक बहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेसनका विकास गुरुङ्ग, नेपाली कांग्रेस बीपीका लक्ष्मी कान्त पौडेल,आमूल परिवर्तन मसिहा पार्टी नेपालकानन्द जङ गुरुङ,राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी र स्वतन्त्र उम्मेदवार चन्दन वस्याल प्रतिस्पर्धा गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रुज जहाजमार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति
-
प्रदेशसभामा ज्ञानबहादुरले राखे तामाङ भाषामा मन्तव्य
-
सङ्गठन निर्माणमा घनश्यामले देखेका ११ चुनौती (पूर्ण पाठसहित)
-
सरकारको स्थायित्व खोज्न नेतृत्वले आचरण परिवर्तन गर्नुपर्छ : प्रदीप पौडेल
-
उच्च अदालत अगाडि सुरक्षा व्यवस्था कडा, भिडभाड गर्न रोक
-
राजधानीका सवारी ट्रायल सेन्टर मापदण्ड विपरीत चलिरहेको सतर्कता केन्द्रको ठहर