एमाले झापाले माग्यो राप्रपालाई मत
एमाले झापाले राप्रपाका उम्मेदवारलाई भोट मागेको छ । एमाले झापाका अध्यक्ष दीपक कार्कीले जारी गरेको विज्ञप्तिमा राप्रपाको हलो चुनाव चिन्हका उम्मेदवार र एमालेका सूर्य चुनाव चिन्हका उम्मेदवारहरूलाई मतदान गरी विजयी गराउन पार्टीका नेता कार्यकर्ता, शुभचिन्तक, शुभेच्छुक, सम्पूर्ण मतदाताहरूमा अनुरोध गरिएको छ ।
स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै झापामा राप्रपासँग चुनावी तालमेल गरिएको उनको भनाइ छ । ‘राष्ट्रियता, लोकतन्त्र, समृद्धि र जनजीविकाको लागि, देशी विदेशी प्रतिक्रियावादीहरूको षड्यन्त्र र घेराबन्दी विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल आवश्यक परेको हो’, विज्ञप्तिमा भनिएको छ, ‘चुनावी तालमेलमा राप्रपाको हलो चुनाव चिन्हमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार बन्नुभएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रदेशसभा निर्वाचन क्षेत्र नं १ (ख) बाट सविना बजगाईं र प्रदेशसभा निर्वानचन क्षेत्र नं ४ (ख) बाट भक्तिप्रसाद सिटौला उम्मेदवार बन्नु भएको छ ।’
झापाको अन्य निर्वाचन क्षेत्रहरूमा भने एमालेका उम्मेदवार रहेको विज्ञप्तिमा उल्लेख छ । केही निर्वाचन क्षेत्रहरूमा पार्टी निर्णयको बर्खिलाप हुने गरी स्वतन्त्र उम्मेदवारी दिने अन्य पार्टीको चुनाव चिन्हबाट उम्मेदवार बन्ने सम्मका पार्टी विरोधी गतिविधि भएको भन्दै एमालेले पार्टी विरोधी गतिविधि गर्ने अर्जुनधाराका हरिकुमार राना र शिवसताक्षीका होमप्रसाद गौतमलाई यसअघि नै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरी सकिएको जनाएको छ ।
यस्तै झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा पार्टी निर्णयको विरुद्धमा स्वतन्त्र उम्मेदवार बनेका पार्टी जिल्ला कमिटीका सचिवालय सदस्य डम्बर गिरीलाई पार्टी अनुशासन उल्लंघन गरेकोले पार्टीका सबै जिम्मेवारी र साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको पनि एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण