बर्दियामा एमालेलाई सत्तारुढ गठबन्धनको यस्तो छ घेराबन्दी
प्रतिनिधिसभा अन्तर्गत दुई निर्वाचन क्षेत्र रहेको बर्दियामा सत्तारुढ गठबन्धनभित्र क्षेत्र नम्बर १ कांग्रेस र क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिनेगरी भागवण्डा भएको छ । सोही अनुसार एमालेलाई घेराबन्दी गर्ने गरी क्षेत्र नम्बर १ मा गठबन्धनबाट कांग्रेसका संजयकुमार गौतमले उम्मेदवारी दिएका छन् ।
गौतम २०७४ को निर्वाचनमा पनि विजयी भएका थिए । उनीसँगको प्रतिस्पर्धामा नेकपा एमालेले लक्ष्मणराज ज्ञवालीलाई मैदानमा उतारेको छ । यस क्षेत्रमा जनता समाजवादी पार्टी नेपालबाट रेशम बहादुर खत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सूर्य बहादुर सिंह, नेपाल मजदुर किसान पार्टीबाट हरिलाल न्यौपाने, जनमत पार्टीबाट सोहराव पठान, नागरिक उन्मुक्ति पार्टीबाट ठाकुर सिंह थारु, नेशनलिष्ट पिपल्स पार्टीबाट रामरतन थारु र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रवेश भुसाल उम्मेदवार छन् ।
यस क्षेत्रमा देवी प्रसाद तिवारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुरेश पन्थ उम्मेदवार छन् । उनीसँगको प्रतिस्पर्धामा नेकपा एमालेले पंकज सिंह राठौरलाई उम्मेदवार बनाएको छ ।
यस क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका विनय रावल, नेपाल मजदुर किसान पार्टीका धर्मराज जैसी आचार्य, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अनिरुध्या आर्य, राष्ट्रिय स्वतन्त्र पार्टीका ओम प्रकाश बसौला पनि उम्मेदवार छन् । यहाँ राम प्रसाद आचार्य र लालविर चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका चौधरी भने टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीका पिता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण