नुवाकोटको २ क्षेत्रमा यी हुन् उम्मेदवार
नुवाकोटको २ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा २८ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । नुवाकोट १ मा १७ उम्मेदवार रहेका छन् भने क्षेत्र नम्बर २ मा ११ जना उम्मेदवार रहेका छन् । नुवाकोटको दुबै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन भर्सेज एमाले रहेको छ भने गठबन्धन स्थानीय तहको मतभारका आधारमा तुलनात्मक रुपमा बलियो रहेको बताइएको छ ।
क्षेत्र नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बद्री मैनालीलाई उम्मेदवार बनाएको छ भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले हित बहादुर तामाङलाई उम्मेदवार बनाएको छ । तामाङ अघिल्लो निर्वाचनमा विजयी भएका थिए ।
यस्तै जनता समाजवादी पार्टी, नेपालले देव राज घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीले सुदर्शन सिटौला, नेपाल मजदुर किसान पार्टीले रविन्द्र डंगोल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले लक्ष्मी रसाइली, हाम्रो नेपाली पार्टीले सफलता बोगटी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पुष्पा न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) ले केशवप्रसाद उप्रेती, मंगोल नेशनल अर्गनाइजेसनले सुरेन्द्र तामाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले भुवन तामाङ, नेपाली कांग्रेस (बीपी) ले श्याम बहादुर गुरुङ्ग, जनसमाजवादी पार्टी नेपालले निमेश तमाङ र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रद्युम्न महत क्षेत्रीलाई उम्मेदवार बनाएको छ ।
यस्तै स्वतन्त्रबाट निर्मल लामिछाने, जितेन्द्र सिं ठकुरी र राजकुमार बस्नेत उम्मेदवार रहेका छन् । यस्तै नुवाकोट २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नारायणप्रसाद खतिवडालाई उम्मेदवार बनाउँदा नेपाली काँग्रेसबाट अर्जुननरसिंह केसी उम्मेदवार छन् । केसीलाई सत्ता गठबन्धनको समर्थन छ ।
यस्तै सोही निर्वाचन क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले झनक प्याकुरेल, नेपाल मजदुर किसान पार्टीले गणेश मान वाटांकछी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले धन कुमारी सुनार, मंगोल नेशनल अर्गनाइजेसनले प्रेम माया तामाङ, जनसमाजवादी पार्टी नेपालले हिमाल जोशी, राष्ट्रिय स्वतन्त्र पार्टीले सुमन बिक्रम पाण्डेलाई उम्मेदवार बनाउँदा सुर्दशन पुडासैनी, विनोदकुमार तामाङ र
गायत्री दाहाल स्वतन्त्र उम्मेदवार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण