रोल्पामा गठबन्धनका वर्षमान पुनसँग एमालेका पूर्णबहादुरको प्रतिस्पर्धा
बिहीबार, २७ असोज २०७९, १८ : ०५
प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको रोल्पामा सत्तारुढ गठबन्धनले माओवादी केन्द्रका वर्षमान पुनलाई उम्मेदवार बनाएको छ ।
पुन यसअघि पनि सोही क्षेत्रमा निर्वाचित भएका थिए । माओवादी केन्द्रको बलियो पकड रहेको जिल्लामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको समेत साथले पुनलाई थप सशक्त दाबेदारका रुपमा उभ्याएको छ ।
यस क्षेत्रमा नेकपा एमालेबाट पूर्णबहादुर बुढा मगर उम्मेदवार छन् ।
यस अतिरिक्त राप्रपाबाट लीला रावल, नेमकिपाबाट नातीभाइ ह्योम्बा, राप्रपा नेपालबाट रामबहादुर वली क्षेत्री पनि यहाँ उम्मेदवार छन् ।