पत्रकार महासंघ भक्तपुरका अध्यक्षलाई पदबाट हटाउने केन्द्रीय समितिको निर्णय सर्वोच्चद्वारा बदर
सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघका भक्तपुर जिल्ला अध्यक्ष जगतकृष्ण प्रजापतिलाई पदबाट हटाउने नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्णय उत्प्रेषणको आदेशले बदर गरेको छ । शाखाको अधिवेशनबाट निर्वाचित प्रजापतिलाई अध्यक्ष पदमा यथावत काम गर्न दिन परमादेश जारी गरी गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र डा मनोजकुमार शर्माको संयुक्त इजलाशले अन्तिम फैसला गर्दै महासंघविरुद्ध रिट जारी हुने आदेश गरेको हो । प्रजापतिको तर्फबाट अधिवक्ता लीलानाथ घिमिरे, विष्णु गिरी ‘निश्चल’ र दुर्गाकुमारी कोइरालाले बहस गरेका थिए भने विपक्षीहरु पत्रकार महासंघलगायतका तर्फबाट अधिवक्ता भक्तिराम घिमिरे, अरुण पौडेल र देवराज कार्कीले बहस गरेका थिए ।
नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला सभापति प्रजापतिले पत्रकार महासंघ केन्द्रीय समितिको निर्णय विरुद्ध महासंघ, महासंघका सभापति विपुल पोखरेल, नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखा, भक्तपुर शाखाका उपसभापति सुन्दर सिल्पकारलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । सर्वोच्च अदालतले पत्रकार महासंघको स्वेच्छाचारितामा अंकुश लगाएको प्रजापतिले बताए ।
प्रजापतिले गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पदमा उम्मेदवारी दिएर निर्वाचन चिन्ह वितरण नगर्दै उम्मेदवारी फिर्ता लिएका थिए । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिले गत बैशाख २५ मा नेपाल पत्रकार महासंघ भक्तपुर शाखालाई पत्र पठाएर स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएका प्रजापतिको पद स्वत समाप्त भएको पत्र पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण