विदेशिँदै गरेका लाखौं युवाहरुको प्रश्नको सामना गर्न म राजनीतिमा होमिएको हुँ : विनोद चौधरी
उद्योगी तथा व्यवसायी विनोद चौधरीले प्रत्यक्ष रुपमै आफू राजनीतिमा होमिनुको कारण प्रष्ट्याएका छन् । शुक्रबार राजधानीमा चार्टर्ड एकाउन्टेन्टहरूको संस्था दी एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट अफ नेपाल (एक्यान)द्वारा आयोजित दीगो आर्थिक विकास विषयक सम्मेलन कार्यक्रममा बोल्दै व्यवसायी चौधरीले मुलुकको आर्थिक विकाससँगै शिक्षा, स्वास्थ्य र रोजगारीको सिर्जनाका लागि आफू औपचारिक रुपमै राजनीतिमा होमिएको बताए ।
'राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित नै छु । पैसाका लागि राजनीति गर्नुपरेको होइन र गर्दिन पनि । निजी क्षेत्रबाटै छ हजार भन्दा माथिलाई प्रत्यक्ष रोजगारी दिइरहेको छु आखिर किन राजनीतिमा होमिए ?' व्यवसायी चौधरीले भने, 'अरु देशमा विकास निर्माण तथा सुशासनमा छुट्याइएको बजेट पुग्दैन । तर हाम्रो यस्तो देश छ जहाँ छुट्याएको, भएको बजेट पनि खर्च गर्न सक्दैनौं । आखिर किन ? ५० ओै लाख युवा कि त गोरखपुर हुदै कि त त्रिभुवन विमानस्थल हुँदै रोजीरोटीका लागि बाहिर गइरहेका छन् । ती युवाहरुका लागि मैले पनि केही गर्न सकेको छैन । मौन रुपमा ती युवाहरुले मलाई पनि प्रश्न गरिरहेका छन् । हो, ती युवाहरुको प्रश्नको सामना गर्न म राजनीतिमा होमिएको हुँ' चौधरीले भने ।
व्यवसायी चौधरीले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि नवलपरासी १ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । चौधरीले सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसबाट प्रत्यक्षमा उम्मेदवारी दिएका हुन् ।
व्यवसायी तथा प्रतिनिधिसभाका उम्मेदवार चौधरीलाई एक्यानले कर्पोरेट एक्सिलेन्सी अवार्डबाट समेत सम्मान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण