मानव अधिकारसम्बद्ध संवैधानिक आयोगहरूले निर्वाचनको अनुगमन गर्ने
आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मानव अधिकारसम्बन्धी आठवटा संवैधानिक आयोगहरूले अनुगमन गर्ने भएको छ । असोज २६ गते बसेको आठैवटा आयोगका अध्यक्षहरूको बैठकले निर्वाचनको मानव अधिकारसम्बन्धी सबै संवैधानिक आयोगहरूले संयुक्त रूपमा अनुगमन गर्ने निर्णय गरेको हो ।
आसन्न निर्वाचनका लागि दलहरूले गरेको उम्मेदवारी मनोनयन समावेशी लोकतन्त्र, मानवअधिकार र संविधानको मर्म र भावना अनुरूप पूर्ण रूपमा समावेशी र समानुपातिक हुन नसकेको अवस्थाप्रति चिन्ता प्रकट गर्दै आयोगहरूले आगामी दिनमा यसमा सुधार ल्याउनेतर्फ कदम चाल्न सम्बन्धित सबैलाई आह्वान समेत गरेको छ ।
त्यस्तै निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरूले तयार गर्ने घोषणापत्रहरूमा मौलिक हकको प्रभावकारी कार्यान्वयन तथा मानव अधिकारको सुनिश्चितताका लागि आफ्ना प्रतिबद्धताहरू समावेश गरी त्यसलाई व्यवहारिक रूपमा
कार्यान्वयन गर्न राजनीतिक दलहरूलाई आह्वान गर्ने पनि बैठकले निर्णय गरेको छ । बैठकमा राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगका अध्यक्षहरू सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण