बैंकविरुद्ध सुर्खेतका व्यवसायीहरू पसल बन्द गरेर सडकमा
सुर्खेत बैङ्कहरूले ब्याज बढाएको भन्दै सुर्खेतका व्यवसायीहरू पसल बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन् । बैंकले ऋण लगानीको ब्याज महिनैपिच्छे बढाउने, सेवा शुल्कका नाममा अनेकौँ शुल्क लिएर थप आर्थिक भार थाप्ने काम गरिरहेको व्यवसायीहरूको आरोप छ ।
शुक्रबार प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकदेखि व्यवसायीहरूले र्याली सुरु गरेर जिल्ला प्रशासन कार्यालय पुगेका थिए । सो विषयमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई ज्ञापन पत्र बुझाएका छन् । यस्तै राष्ट्र बैँकलाई पनि ध्यानाकर्षण पत्र बुझाएको छन् ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले बैङ्कहरूले जबरजस्ती रुपमा बढाएको ब्याज दर र ब्याज किस्ताका लागि व्यवसायीहरूलाई मानसिक यातना दिने गरेको बताए । साथै असोज मसान्तभित्र बैंकहरुलाई बुझाउनुपर्ने भनिएको त्रैमासिक आय किस्ताबापतको रकम नर्तिन सम्पूर्ण, व्यापारी, व्यवसायी एवं सर्वसाधारण सेवाग्राही समेतलाई अपिल गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण