कांग्रेस बैठकमा घोषणापत्रको ड्राफ्टमाथि छलफल
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा मंसिरको चुनावका लागि कार्यदलले तयार पारेको घोषणापत्रको ड्राफ्ट पेश भएर छलफल भइरहेको छ । महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा गठित कार्यदलले पेश गरेको घोषणापत्रको ड्राफ्टमा नेताहरुले सुझाव दिइरहेको एक नेताले जानकारी दिए ।
‘सबैले सुझाब दिने काम भइरहेको छ । यो सुझाव ड्राफ्ट कमिटीले टिपेको छ र त्यसलाई समेटेर समितिले पुनः बनाउनेछ’, ती नेताले भने, ‘घोषणापत्रमा प्रयोग भएका शव्दहरु सामान्य खालका राख्न सुझाव दिएका छौं ।’
केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा नेताहरुले संविधानको रक्षा र नेपाली जनताको सुरक्षा, आर्थिक विकास र समुन्नत नेपाल निर्माण, सीमान्तकृत समुदायको आयको सुनिश्चितता, सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभुति, समान पहिचान र प्रतिनिधित्वको व्यवस्था, युवाहरूलाई आकर्षण हुने खालको घोषणापत्र बनाउन सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण