‘लोकतन्त्रवादी र वामपन्थीबीचको गठबन्धन दीर्घकालसम्म टिक्छ’
शुक्रबार, २८ असोज २०७९, २० : २६
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले लोकतन्त्रवादी र वामपन्थीबीचको गठबन्धन दीर्घकालसम्म टिक्ने बताएका छन् । संघीयता र गणतन्त्रलाई सिध्याउने तत्त्वलाई परास्त गर्नका लागि गठबन्धन बनेको उनले बताएका हुन् ।
शुक्रबार पाँच दलीय गठबन्धनले गुर्भाकोटमा आयोजना गरेको एक कार्यक्रममा उनले भने,‘ एउटै उद्देश्य बोकेर गठबन्धन बनेको हो, त्यो पुरा नहुँदासम्म गठबन्धन रहिरहन्छ ।’ शाहीले संघीयता कार्यान्वयन र गणतन्त्रको स्थायित्वका लागि पनि गठबन्धन आवश्यक रहेको बताए ।
उनले भने,‘ विकास र समृद्धिका लागि नीतिसँगै नेतृत्व पनि राम्रो हुनुपर्छ । सुर्खेतले देश हाँक्ने नेतृत्व पाएको छ ।’ उनले गठबन्धन एक परिवार भएकाले सामुहिक भावनाले अघि बढ्नुपर्ने बताए । उनले संघीयता र गणतन्त्र नमान्नेसँग गठबन्धन गरेर एमालेले आफ्नो असली रूप देखाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण