मनसुनको सय दिन : १ सय ७ जनाको मृत्यु, सबैभन्दा बढी चट्याङबाट
शुक्रबार, २८ असोज २०७९, २१ : ३७
नेपालमा मनसुन सुरु भएको यही भदौ २७ गते एक सय दिन पुरा भएको छ । यस अवधिमा बाढी, पहिरो, अविरल वर्षा, चट्याङ र सर्पदंशका ५१२ वटा घटनाबाट १०७ जनाको मृत्यु, ११ जना बेपत्ता, १९३ जना घाइते भएका छन् । त्यस्तै ६४३ परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी चट्याङबाट ४६ जनाको मृत्यु भएको छ भने १३० जना घाइते भएका छन् । त्यसैगरी पहिरोको कारण २७ जनाको मृत्यु र ३४ जना घाइते भएका छन् । बाढीमा परेर अहिलेसम्म १४ जनाको मृत्यु, १७ जना घाइते र ११ जना बेपत्ता छन् । भारी वर्षाका कारण ५ जनाको मृत्यु, १० जना घाइते भएका छन् भने सर्पदंशबाट १५ जनाको मृत्यु र २ जना घाइते भएका छन् ।
१०० दिनमा ४९ जिल्लाले मानवीय क्षति बेहोरेको छ । यसबीचमा ५ हजार ४ सय ६५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण