डडेल्धुरामा एमाले र कांग्रेस (विपी) को तालमेल भङ्ग
नेकपा एमालेले नेपाली कांग्रेस (विपी)सँग गरेको चुनावी तालमेल भङ्ग गरेको छ । एमाले जिल्ला कमिटी डडेल्धुराको पूर्ण बैठकले तालमेल भङ्ग गरी एकलरुपमा निर्वाचनमा होमिने निर्णय गरेको हो । नेपाली कांग्रेस (विपी)ले तालमेलको सहमति उल्लङ्घन गरी डडेल्धुरा जिल्ला निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेको एमालेको आरोप छ ।
एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धनलाई परास्त गर्न डडेल्धुरा जिल्ला निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रतिनिधि सभामा नेपाली कांग्रेस (विपी) र प्रदेश सभा अन्तर्गत १ र २ निर्वाचन क्षेत्रमा हाम्रो पार्टीका उम्मेदवारले चुनावी तालमेल गरी निर्वाचनमा होमिने सहमति भएकोमा कांग्रेस (विपी) ले उक्त सहमति उल्लङ्घन गरी प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गर्ने कार्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । एकतर्फी ढङ्गले सम्झौता उल्लङ्घन गरेको कार्य प्रति असहमति जनाउँदै हाम्रो पार्टी नेकपा (एमाले) डडेल्धुराले यस जिल्लामा कांग्रेस (विपी)सँग गरिएको चुनावी तालमेल भङ्ग गरी एकल रुपमा निर्वाचनमा होमिने निर्णय आजको बैठकले गरेको ब्यहोरा सम्पूर्ण पार्टी पंक्ति तथा आम जनसमुदायमा हार्दिकताका साथ अपिल गर्दछौ ।’
नेकपा (एमाले) ले डडेल्धुरा जिल्लाका प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा पठान सिंह बोहरा र प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा गजेन्द्र बहादुर शाहीलाई मत दिन अपिल गरेको छ ।
डडेल्धुरा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र हो । एमालेले यसअघि डडेल्धुरामा नेपाली कांग्रेस बाटै केही समय अघिमात्र विद्रोह गरी विपी कांग्रेसमा लागेका कर्णबहादुर मल्ललाई सघाउने सहमति गरेको थियो । मल्ल विपी कांग्रेसका वरिष्ठ उपसभापति समेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण