मुक्तक : धुमिल छायाँ
१
उत्तरार्द्धमा विस्मृत धुमिल छायाँमा हराउनु रहेछ जीवन
सुकिसकेका आँसुका डोबहरूलाई सुम्सुम्याउनु रहेछ जीवन
जिन्दगीमा धेरै आरोह अवरोहका घुम्ती पार गर्दै गर्दा
सिर्फ अतीतका मीठा पुलहरूमा रमाउनु मात्र रहेछ जीवन !!!
२
दर्द पीडा र व्यथा सबै भोग्नुपर्ने रहेछ जीवन
खुसी हाँसो र मुस्कान सबै बिर्सनुपर्ने रहेछ जीवन
अस्थायी अन्यौलपूर्ण अनि बक्ररेखाको यो जिन्दगी
नियतिले सकियो नभनेसम्म जिउनै पर्ने रहेछ जीवन !!!
३
बतास हो जिन्दगी बहिरहन्छ न रोकिन्छ न त फर्कन्छ
नदी हो जिन्दगी कहिले शान्त बन्छ कहिले त थर्कन्छ
थुप्रै वसन्त पार गरेपछि सहारामा मात्र बाँच्ने जिन्दगी
पहाड हो जिन्दगी चढ्न सके जितिन्छ नसके रित्तै फर्कन्छ !!!
४
लेख्नु र नलेख्नुको अन्तरालमा थुप्रै अलिखित कथा लेखिएछ
देख्नु र भेटिनुको अन्तरमनमा धेरै मनका व्यथा पोखिएछ
टाढा कतै टाढा महासागरको बीचमा हेलिँदा हेलिँदै
आफ्नै अस्तित्वको आफैँभित्र सङ्कटको आस्था पलाएछ !!!
५
कहिलेकाहीँ जीवनमा ठेस लागेर लड्नु पनि फाइदा पो हुँदोरहेछ
सहयोगी हातहरूबाट आफ्नो र पराया प्रष्टसँग पो छुटिँदोरहेछ
म पनि अचेल सिकिरहेछु साँचो अर्थमा जीवन जिउनुको कला
यथार्थमा अनुहारमा भन्दा व्यवहारमा सत्यता प्रकट पो हुँदोरहेछ !!!
बसन्त श्रेष्ठ,भर्जिनिया, अमेरिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविका ४०० प्राध्यापक कारबाहीमा, १३ करोड २६ लाख राजस्व फिर्ता
-
सुशासन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा सुधारमा सरकारका १३ उपलब्धि सार्वजनिक
-
मलाई अपमानित गर्नेहरू यही बुढाको हड्डी घोटेर मन्त्री र सांसद भए : प्रचण्ड
-
सरकारले संकलन गर्यो ११ हजारभन्दा बढी सम्पत्ति विवरण र उजुरी
-
बालेन सरकारको एक्सनः ११८ अर्बको बिगो दाबीसहित १०१ जनाविरुद्ध मुद्दा
-
विश्वकप पावर र्याङ्किङः अर्जेन्टिना शीर्षबाट ओर्लिँदा फ्रान्स र स्पेनले बनाए दाबेदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण