शाखा रहित बैंकिङ्ग केन्द्रबाट रकम हिनामिना गर्ने कानुनी दायरामा
माछापुच्छ्रे बैंकले शाखारहित बैंकिङ्ग केन्द्रबाट रकम हिनामिना गर्नेहरुलाई कानुनी दायरामा ल्याइएको जनाएको छ ।
बैंकले रुपन्देहीको रोइनिहवा र मुजहानामा स्थानीय सर्वसाधारणहरुलाई सर्व सुलभ तरिकाले बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट बैंकले तोकिएको शर्तहरुको अधिनमा रही शाखारहित ग्राहक सेवा केन्द्रमार्फत सीमित बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यसहित भएको कारोबारमा कैफियत देखिएकोले उक्त सेवा बन्द गरिएको बैकले जनाएको छ ।
उक्त क्षेत्रका व्यवसायिक प्रतिनिधी निरन्जन पाठक र सिकन्द्र ठाकरले विभिन्न व्यक्तिहरुबाट बुझि लिएको रकम सिस्टम मार्फत नै भौचर प्रिन्ट भई निक्षेपकर्तालाई सोही भौचर प्रदान गर्नुपर्नेमा बैंक भौचरको अनाधिकृत प्रयोग गरी हस्तलिखित भौचर प्रदान गर्ने र बैंकको अनलाईन सिस्टम मार्फत रकम जम्मा नै नगरी आफै रकम राख्ने गरेकोले उनीहरुलाई कानुनी प्रक्रियामा ल्याइएको बैकले जानकारी दिएको छ ।
पाठक र ठाकरले ग्राहकको रकम व्यक्तिगत हैसियतमा दुरुपयोग गरेको स्वीकार गरेको बैकले जनाएकाे छ । उक्त कार्यबाट अन्य कोही पीडित भएको भए सम्बन्धित प्रहरी कार्यालयबाट उपचारका प्रक्रियामा सहभागि हुन पनि बैकले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण