एक सातामा प्रतितोला ११ सयले बढ्यो सुनको मूल्य
यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दसैँअघि कारोबार बन्द भएको दिनदेखि यो शुक्रबारसम्मको तुलनामा उक्त मूल्य बढेको हो ।
दसैं अघिको शुक्रबार (१४ असोज) मा सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ थियो । सोही मितिमा तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ थियो । जुन, हिजो शुक्रबारसम्ममा छापावाल सुनको मूल्य तोलामा ९४ हजार १०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ६०० रुपैयाँ छ ।
यो साताको आइतबार दसैंपछि पहिलो कारोबार खुल्दा सुनको मूल्य तोलामा एकैदिन ३०० रुपैयाँले बढेको थियो । यस्तै, सोमबार ८०० र मंगलबार १२ सय रुपैयाँले घटेको थियो । बुधबार तोलामा १०० रुपैयाँले बढेको सुनको मूल्य बिहीबार स्थिर कायम थियो । शुक्रबार १०० रुपैयाँले घट्दै ९४ हजार १०० कायम भएको हो ।
यसैगरी, यस अवधिमा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघकाअनुसार असोज १४ गते शुक्रबार चाँदीको मूल्य तोलामा ११ सय ७० रुपैयाँ थियो । जुन, हिजो शुक्रबारसम्ममा आइपुग्दा ११ सय ८५ रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण