आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सन्तोषीलाई १० हजार मिटरमा स्वर्ण पदक

शनिबार, २९ असोज २०७९, ११ : ४८
शनिबार, २९ असोज २०७९

नवौं बृहत राष्ट्रिय खेलकुदको एथ्लेटिक्सतर्फ महिला १० हजार मिटरमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।  पोखरा रंगशालामा शनिबार बिहान भएको दौडमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की समेत स्वर्ण पदक विजेता रहेकी सन्तोषीले बागमती प्रदेशलाई एथलेटिक्सतर्फ पहिलो स्वर्ण जिताएकी हुन् । 

सन्तोषीले निर्धारित दूरी ३६ मिनेट १२.२९ सेकेन्डमा पूरा गरिन् । यस्तै, नेपाल पुलिस क्लबकी राजपुरा पछाईले रजत तथा सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी पुष्पा भण्डारीले कास्य पदक जितेकी छन् । राजपुराले ३६ मिनेट २९ सेकेन्डमा पूरा गरेकी थिइन् । कास्य विजेता पुष्पाले ३७.०४ सेकेन्डमा निर्धारित दूरी पार गरेकी थिइन् । 

बिहान नै भएको पहिलो स्पर्धाको महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप