दुई महिनामा ८ अर्ब ३५ करोडको सुन आयात
चालू आर्थिक वर्ष २०७९/८० को पहिलो २ महिनामा विदेशबाट ८ अर्ब ३५ करोड ७७ लाख रुपैयाँको सुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू वर्षको साउन र भदौ महिनामा उक्त मूल्यको सुन नेपाल भित्रिएको हो ।
यस अवधिमा १२ लाख १५ हजार ग्राम सुन नेपाल भित्रिएको छ । यस बापत राज्यले १ अर्ब ३ करोड २७ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । यस्तै, यस अवधिमा विदेशबाट ६ अर्ब ६५ करोड रुपैयाँ बराबरको चाँदी आयात भएको छ ।
विदेशबाट यस अवधिमा ६ करोड ९१ लाख ग्राम चाँदी आयात भएको छ । आयातकर्ताले विदेशबाट चाँदी आयात गर्दा राज्यलाई ५८ करोड ७७ लाख रुपैयाँ बराबर राजश्व बुझाएका छन् । नेपालमा टर्की र संयुक्त अरब इमिरेट्सबाट सुनको आयात हुँदै आएको छ ।
विभागले टर्कीबाट २ अर्ब ४३ करोड ४० लाख बराबरको सुन र संयुक्त अरब इमिरेट्समार्फत ५ अर्ब ९२ करोड ३७ लाख रुपैयाँको सुन आयात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण