इराकी राष्ट्रपतिलाई चिनियाँ राष्ट्रपतिको बधाई
इराकको राष्ट्रपति निर्वाचित भएकामा अब्दुल लातिफ रसिदलाई चिनियाँ राष्ट्रपति सि चिनफिङले बधाई दिएका छन । शनिबार भएको निर्वाचनमा यहाँको राष्ट्रपतिमा रसिद निर्वाचित भएका छन् । यस अवसरमा चिनियाँ राष्ट्रपति चिनफिङले शनिबार एक बधाई सन्देश दिनुभएको समाचारमा जनाइएको छ ।
राष्ट्रपति चिनफिङले चीन र इराकका बीचमा विगत लामो समयदेखि आपसी सम्बन्धका साथै पारस्परिक सम्बन्धको विकास हुदै आएको र आगामी दिनमा पनि दुइ देशका बीचको सम्बन्धलाई थप अगाडि बढाइने बताएका छन् ।
राष्ट्रपति चिनिफिङले चीन इराकका नव नियुक्त राष्ट्रपतिसँग मिलेर काम गर्न चीन तयार रहेको बताएका छन् । उनले इराकी राष्ट्रपति र यहाँका जनतालाई पठाएको सो सन्देशमा आगामी दिनमा चीन र इराकबीच मिलेर काम गर्ने र दुई देशको आपसी हितका क्षेत्रमा समझदारीका लागि सहकार्यका साथ अघि बढ्न पर्नेमा पनि सो सन्देशमा जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिता मदनमणिले इल्यालाई भने— अहो ! तिमी त निकै राम्रो लेख्दी रहिछौ !
-
थाइल्यान्डमा एक सशस्त्र आक्रमणकारीले गोली चलाउँदा तीन जनाको मृत्यु
-
पत्रकारको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न आयोगको आग्रह
-
सदनमा गलत बोल्नेलाई तत्काल प्रतिवाद गर्न प्रधानमन्त्री ओलीको निर्देशन
-
एनआरएनएभित्र राजनीति नगर्न परराष्ट्रमन्त्रीको आग्रह
-
आरभ र स्वस्तिकालाई सिटिजन्स बैंक टेनिस उपाधि