‘२ नम्बरी’ को अहिलेसम्मको आम्दानी कति ?
फिल्म ‘२ नम्बरी’ २१ गते शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो । फिल्मले बक्स अफिसमा राम्रो व्यवसाय गर्न सफल भएको छ । निर्माण युनिटले फिल्मको एक साताको बक्स अफिस कलेक्सन ४ करोड ४५ लाख ग्रस कलेक्सन रहेको जनाएको छ ।
जसमा काठमाडौंमा २ करोड २० लाख, चितवनमा ५० लाख, पोखरामा ३० लाख, बुटवलमा २३ लाख, इटहरीमा २२ लाख, नेपालगञ्जमा १५ लाख, दमकमा १५ लाख, बिर्तामोडमा १४ लाख, विराटनगरमा १२ लाख, हेटौंडामा १० लाख, धनगढीमा १० लाख, धरानमा ५ लाख, सुर्खेतमा ४ लाख कमाएको छ । अन्य विभिन्नबाट समेत १५ लाख कमाएको निर्माता किरण नेपालीले बताए । उनले भने ‘फिल्मबाट मुनाफा प्राप्त भैसकेको छ । अबको दिनमा कमाउने सबै नाफामा पर्दछ ।’
दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ । फिल्म चोरी सिकारीको विषयवस्तुमा निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण