टर्कीमा खानी विस्फोट : मृत्यु हुनेको संख्या ४० पुग्यो

टर्कीको उत्तरी बार्टिन प्रान्तमा शुक्रबार राति भएको खानी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या ४० पुगेको छ । यहाँका सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार गत शुक्रबार राति भएको सो विस्फोटमा परी आइतबार बिहानसम्ममा कम्तीमा पनि ४० पुगेको बताइएको हो ।
टर्कीका आन्तरिक मामिलासम्बन्धी मन्त्री सुलेमल सोइलुले आइतबार सो जानकारी दिएका छन् । उनका अनुसार सो खानीमा भएको विस्फोटमा परेर एक सय १० जना च्यापिएका थिए । तीमध्ये आइतबारसम्म कम्तीमा पनि ४० जनाको ज्यान गएको मन्त्री सोइलुले सो खानी विस्फोटमा परेर अरु केही व्यक्ति अझै हराइरहेका पनि जानकारी दिएका छन् ।
सो दुर्घटनामा परेर घाइते भएकाहरुको उपचार जारी रहेको बताइएको छ । खानीमा विस्फोट भएपछि आगा लागेको थियो । खानीमा नै आगलागी भएपछि केहीको जलेर मृत्यु भएको तियो भने अरु केही व्यक्तिलाई तत्कालै उद्धार गरेर खानीबाट बाहिर निकालिएको थियो । सो क्षेत्रमा रहेका खानीहरूमा आवश्यकता मात्रामा सुरक्षाको प्रबन्ध हुन सक्दा नागरिकको ज्यान जाने क्रम भने रोकिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) काठमाडौँ महानगर समितिद्वारा मैत्रीपूर्ण फुटसल आयोजना
-
बजेट ल्याउने दिन परिवर्तन गर्न माग
-
गैरेले उठाए आफ्नै अध्यक्ष प्रधानमन्त्री रहेको सरकारको कार्यक्षमतामाथि प्रश्न
-
अमेरिका र कतारबिच १२ खर्ब डलरको सम्झौता
-
मेक्सिकोमा सडक दुर्घटना, २१ जनाको मृत्यु
-
जेठमा आउन लागेका यी ६ फिल्मले कस्तो गर्लान् व्यवसाय ?