टर्कीमा खानी विस्फोट : मृत्यु हुनेको संख्या ४० पुग्यो
टर्कीको उत्तरी बार्टिन प्रान्तमा शुक्रबार राति भएको खानी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या ४० पुगेको छ । यहाँका सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार गत शुक्रबार राति भएको सो विस्फोटमा परी आइतबार बिहानसम्ममा कम्तीमा पनि ४० पुगेको बताइएको हो ।
टर्कीका आन्तरिक मामिलासम्बन्धी मन्त्री सुलेमल सोइलुले आइतबार सो जानकारी दिएका छन् । उनका अनुसार सो खानीमा भएको विस्फोटमा परेर एक सय १० जना च्यापिएका थिए । तीमध्ये आइतबारसम्म कम्तीमा पनि ४० जनाको ज्यान गएको मन्त्री सोइलुले सो खानी विस्फोटमा परेर अरु केही व्यक्ति अझै हराइरहेका पनि जानकारी दिएका छन् ।
सो दुर्घटनामा परेर घाइते भएकाहरुको उपचार जारी रहेको बताइएको छ । खानीमा विस्फोट भएपछि आगा लागेको थियो । खानीमा नै आगलागी भएपछि केहीको जलेर मृत्यु भएको तियो भने अरु केही व्यक्तिलाई तत्कालै उद्धार गरेर खानीबाट बाहिर निकालिएको थियो । सो क्षेत्रमा रहेका खानीहरूमा आवश्यकता मात्रामा सुरक्षाको प्रबन्ध हुन सक्दा नागरिकको ज्यान जाने क्रम भने रोकिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण