सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गोकर्ण विष्टमा इमान हुन्थ्यो भने मलाई जिताउन झोला बोकेर हिँड्नुपर्थ्यो : झाँक्री

आइतबार, ३० असोज २०७९, १५ : ११
आइतबार, ३० असोज २०७९

प्रतिनिधिसभाका लागि गुल्मी क्षेत्र नं. २ बाट पाँच दलीय गठबन्धनको उम्मेदवार रहेकी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले एमालेबाट प्रतिस्पर्धी उम्मेदवार गोकर्ण विष्टमा राजनीतिक इमान नभएको बताएकी छन् । उनले विष्टमा राजनीतिक इमान हुन्थ्यो भने निर्वाचनमा आफूलाई जिताउन झोला बोकेर हिँड्नुपर्ने टिप्पणी गरेकी छन् । 

गुल्मीको अर्खबाङ्ग ठुलाचौरमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै झाँक्रीले भनिन्, ‘गोकर्ण दाइबारे मलाई आलोचना र प्रशंसा गर्नु छैन, यसअघिका सबै निर्वाचनहरूमा म उहाँको लागि झोला बोकेर हिँडेकी थिएँ, यदि उहाँमा इमान हुन्थ्यो भने यसपटक मेरो झोला बोकेर हिँड्नुपर्थ्यो ।’  विद्यार्थी जीवनदेखि पार्टीको काम गरेर जनताको दुख सुखमा साथ दिएको उनले बताइन् ।

झाँक्रीले केपी ओली गुट छाडेर माधवकुमार नेपालको गुटमा लाग्न शुरुमा गोकर्ण बिष्टहरुले नै आफूहरुलाई उक्साएको आरोप लगाइन् । तर पछि विष्टबाट धोका भएको उनको भनाइ छ । 

उनले गुल्मी २ मा अहिले पनि पानी पर्दा हिँड्ने बाटो र बिजुली बत्ति नहुने गरेको, शिक्षाको क्षेत्रमा पनि कुनै विकास नभएको बताउँदै बाम लोकतान्त्रिक गठबन्धनका उमेदवारलाई जिताउन अपिल गरिन् । कार्यक्रममा  प्रदेश (ख) का उमेदवार बुद्धि जिसीले गोकर्ण विष्ट अहिलेसम्म झुटो प्रचारबाजी र झुटो आश्वासनकै भरमा टिकेको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप