गोकर्ण विष्टमा इमान हुन्थ्यो भने मलाई जिताउन झोला बोकेर हिँड्नुपर्थ्यो : झाँक्री
प्रतिनिधिसभाका लागि गुल्मी क्षेत्र नं. २ बाट पाँच दलीय गठबन्धनको उम्मेदवार रहेकी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले एमालेबाट प्रतिस्पर्धी उम्मेदवार गोकर्ण विष्टमा राजनीतिक इमान नभएको बताएकी छन् । उनले विष्टमा राजनीतिक इमान हुन्थ्यो भने निर्वाचनमा आफूलाई जिताउन झोला बोकेर हिँड्नुपर्ने टिप्पणी गरेकी छन् ।
गुल्मीको अर्खबाङ्ग ठुलाचौरमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै झाँक्रीले भनिन्, ‘गोकर्ण दाइबारे मलाई आलोचना र प्रशंसा गर्नु छैन, यसअघिका सबै निर्वाचनहरूमा म उहाँको लागि झोला बोकेर हिँडेकी थिएँ, यदि उहाँमा इमान हुन्थ्यो भने यसपटक मेरो झोला बोकेर हिँड्नुपर्थ्यो ।’ विद्यार्थी जीवनदेखि पार्टीको काम गरेर जनताको दुख सुखमा साथ दिएको उनले बताइन् ।
झाँक्रीले केपी ओली गुट छाडेर माधवकुमार नेपालको गुटमा लाग्न शुरुमा गोकर्ण बिष्टहरुले नै आफूहरुलाई उक्साएको आरोप लगाइन् । तर पछि विष्टबाट धोका भएको उनको भनाइ छ ।
उनले गुल्मी २ मा अहिले पनि पानी पर्दा हिँड्ने बाटो र बिजुली बत्ति नहुने गरेको, शिक्षाको क्षेत्रमा पनि कुनै विकास नभएको बताउँदै बाम लोकतान्त्रिक गठबन्धनका उमेदवारलाई जिताउन अपिल गरिन् । कार्यक्रममा प्रदेश (ख) का उमेदवार बुद्धि जिसीले गोकर्ण विष्ट अहिलेसम्म झुटो प्रचारबाजी र झुटो आश्वासनकै भरमा टिकेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण