माउन्टको दुई गोलमा चेल्सी विजयी
आइतबार, ३० असोज २०७९, २१ : ०७
मेसन माउन्टको दुई गोलको मद्दतले चेल्सीले एस्टन भिल्लालाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । आइतबार राति भएको खेलमा चेल्सी २–० गोलले विजयी भएको हो ।
खेलको छैटौँ मिनेटमा नै टाइरोन मिंग्सको गल्तीको फाइदा उठाउँदै माउन्टले चेल्सीलाई अग्रता दिलाए । खेलको ६५ औँ मिनेटमा फ्रिकिकबाट गोल गर्दै उनले टोलीको जीत सुनिश्चित गरे । यो सिजन क्लबका लागि गोल गरेको उनले यो पहिलो अवसर थियो ।
९ खेलपछि १९ अंक बटुल्दै चेल्सी लिगको चौथो स्थानमा रहेको छ । भिल्ला ९ अंकसहित लिगको १६ औँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण