मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

रुकुम पश्चिममा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ यस्तो छ मतपत्र

सोमबार, ३१ असोज २०७९, ११ : ५०
सोमबार, ३१ असोज २०७९

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रयोजनका लागि प्रत्यक्ष तर्फको वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको छ । विभिन्न जिल्लाका लागि प्रतिनिधिसभा र प्रदेश सभातर्फ छुट्टाछुट्टै तयार पारिएका मतपत्रको नमुना आयोगले सार्वजनिक गरेको हो ।

सोही क्रममा आयोगले रुकुम पश्चिम जिल्लाको प्रतिनिधिसभातर्फ र प्रदेश सभातर्फ दुवै क्षेत्रको प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गतको वास्तविक नमुना मतपत्र सार्वजनिक गरेको छ । प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्य पदमा प्रत्यक्षतर्फ ६ वटा निर्वाचन चिह्न रहेको मतपत्र छ ।

यस्तै प्रदेश सभातर्फ क्षेत्र नम्बर (१) मा तीन चुनाव चिह्न र प्रदेशसभा (२) मा तीन चुनाव चिह्न रहेको मतपत्र आयोगले सार्वजनिक गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप