चितवन १ मा कांग्रेसका बागी बुर्लाकोटी उम्मेदवारी निष्क्रिय गर्न सहमत, पौडेललाई राहत
सोमबार, ३१ असोज २०७९, १८ : ०२
चितवन १ मा नेपाली कांग्रेसको बागी उम्मेदवार रहेका राजेन्द्र बुर्लाकोटी आफ्नो उम्मेदवारी निष्क्रिय गर्न सहमत भएका छन् । आफूले टिकट नपाएपछि बुर्लाकोटीले विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।
निर्वाचन आयोगले दिएको समयसीमामा समेत उम्मेदवारी फिर्ता नलिएका उनी सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेपछि उम्मेदवारी निष्क्रिय गर्न सहमत भएका हुन् । आफ्नो उम्मेदवारी निष्क्रिय गराएर अब उनी कांग्रेसका उम्मेदवार विश्व पौडेललाई जिताउन सक्रिय हुने कांग्रेसले जनाएको छ ।
चितवन १ मा सत्ता गठबन्धनको समर्थनमा कांग्रेसले पौडेललाई उम्मेदवार बनाएको छ । पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर चितवन १ मा उम्मेदवार बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण