सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पछि हटे गुल्मीमा झाँक्रीका बागी उम्मेदवार

मङ्गलबार, ०१ कात्तिक २०७९, २० : ३०
मङ्गलबार, ०१ कात्तिक २०७९

गुल्मी  क्षेत्र  नम्बर-२  मा सत्तारुढ गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली  कांग्रेसका नेता  डा.दामोदर  भुसालले  झाँक्रीलाई  समर्थन  गर्दै  उम्मेदवारी फिर्ता  लिएका  छन्  । 

आफूले कसैको समर्थन र विरोधमा उम्मेदवारी नदिएको, कांग्रेस भित्र लोकतन्त्रको लडाई लडेको तर  जिल्लाभरका तमाम कार्यकर्ताको दबाव थेग्न नसकी  उम्मेदवारी   फिर्ता  लिएको  भुसालले बताए  । उम्मेदवारी मनोनयन गर्दा उनको समर्थक बसेका रवीन्द्र घिमिरेले  डाक्टर दामोदर भुसालको उम्मेदवारी फिर्तालाई सकारात्मक रुपमा लिन आग्रह गरे । त्यस्तै मुसिकोट १ का वडाध्यक्ष मोहन घिमिरेले तमाम कार्यकर्ताहरूको अपार माया र समर्थन  रहेका भुसालले कार्यकर्ताहरूको अनुरोध स्वीकार गर्नु महान कार्य भएको भन्दै धन्यवाद दिए ।  

डाक्टर भुसालको  उम्मेदवारी फिर्ताले  आफूहरुको  जीत  सुनिश्चित भएको  गुल्मी  क्षेत्र  नम्बर  २ का गठबन्धनकी   साझा  उमेदवार रामकुमारी  झाँक्रीको  भनाइ  थियो  ।  डाक्टर  भुसाललाई  धन्यवाद दिदै  नेपाली  कांग्रेस  गुल्मीका  सभापति खिलध्वज पन्थीले  भुसालको  उम्मेदवारी फिर्ताले  उत्साह छाएको  बताए । 

 जिल्लाका  ६  वटै  सिटको  जित  सुनिश्चित भएको  उनले दावी  गरे ।  क्षेत्र  नम्बर  १  देखि  अन्य  सबै  सिट  जित्ने  तर  क्षेत्र  नम्बर २  मा  भुसालको  बागी  उम्मेदवारीले  मुस्किल ठानेको  गठबन्धनलाई  अब  जित्छौ  भन्ने  मनोबल  बढाएको गठबन्धन दलका नेताहरुको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप