पछि हटे गुल्मीमा झाँक्रीका बागी उम्मेदवार
गुल्मी क्षेत्र नम्बर-२ मा सत्तारुढ गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता डा.दामोदर भुसालले झाँक्रीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् ।
आफूले कसैको समर्थन र विरोधमा उम्मेदवारी नदिएको, कांग्रेस भित्र लोकतन्त्रको लडाई लडेको तर जिल्लाभरका तमाम कार्यकर्ताको दबाव थेग्न नसकी उम्मेदवारी फिर्ता लिएको भुसालले बताए । उम्मेदवारी मनोनयन गर्दा उनको समर्थक बसेका रवीन्द्र घिमिरेले डाक्टर दामोदर भुसालको उम्मेदवारी फिर्तालाई सकारात्मक रुपमा लिन आग्रह गरे । त्यस्तै मुसिकोट १ का वडाध्यक्ष मोहन घिमिरेले तमाम कार्यकर्ताहरूको अपार माया र समर्थन रहेका भुसालले कार्यकर्ताहरूको अनुरोध स्वीकार गर्नु महान कार्य भएको भन्दै धन्यवाद दिए ।
डाक्टर भुसालको उम्मेदवारी फिर्ताले आफूहरुको जीत सुनिश्चित भएको गुल्मी क्षेत्र नम्बर २ का गठबन्धनकी साझा उमेदवार रामकुमारी झाँक्रीको भनाइ थियो । डाक्टर भुसाललाई धन्यवाद दिदै नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले भुसालको उम्मेदवारी फिर्ताले उत्साह छाएको बताए ।
जिल्लाका ६ वटै सिटको जित सुनिश्चित भएको उनले दावी गरे । क्षेत्र नम्बर १ देखि अन्य सबै सिट जित्ने तर क्षेत्र नम्बर २ मा भुसालको बागी उम्मेदवारीले मुस्किल ठानेको गठबन्धनलाई अब जित्छौ भन्ने मनोबल बढाएको गठबन्धन दलका नेताहरुको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण