शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बालनाटक :  गुरु आमा र विद्यार्थी

मङ्गलबार, ०१ कात्तिक २०७९, ०९ : ५५
मङ्गलबार, ०१ कात्तिक २०७९

स्थान सामुदायिक विद्यालयको आँगन । समय बिहानको करीव ९:४५ बजे । नेपथ्यमा स्कुलको भवन, स्कुल परिसर र सुन्दर बगैँचा देख्रिन्छ । आँगनमा कक्षा एकका १५:२० जना भाइबहिनीहरू खेलिरहेका छन् ।  गुरु आमा प्रवेश गर्नुभएपछि राष्टगान बज्न सुरू हुन्छ । सबैले एकैस्वरमा गाउँछन् ।

विद्यार्थीहरू (राष्टगान सकिएपछि) – ‘नमस्कार गुरु आमा !’

गुरु आमा –(बस्दै) – नमस्ते बाबुनानी हो ! के छ हालचाल ? सबैले गृहकार्य ग¥यौ होइन त ?’

विद्यार्थीहरू (एकै स्वरमा) – हो, गुरु आमा ! ग¥यौँ ।’

गुरु आमा – बिहान कति बजे उठेर केके ग¥यौ भन त ।’

विद्यार्थीहरू – पाँच बजे उठ्यौँ । दुई गिलास पानी खायौँ । दिशापिसाब गरेपछि दाँत माझेर नुहायौँ । अनि एक छिन खेल्यौँ । त्यसपछि खाना खाएर स्कूल आयौँ गुरु आमा !’

गुरु आमा – दिशापिसाब गरेपछि सबैले साबुन पानीले मिचिमिची हात धोयौ होइन ?’

विद्यार्थीहरू – हो, गुरु आमा ! त्यसै ग¥यौँ ।’

गुरु आमा – स्यावास् । अनि दाँत कसरी माझ्यौ नि ?’

विद्यार्थीहरू – ब्रसले मञ्जनलाई मुखमा दायाँबायाँ घुमाएर माझ्यौँ गुरु आमा !’

गुरु आमा – ‘यहाँ भने गल्ती गर्‍यौ, त्यसरी दाँत माझ्ने होइन ।’

विद्यार्थीहरू – कसरी माझ्ने त गुरु आमा !’

गुरु आमा – पहिले मञ्जन लगाएर हातले दुई मिनेट जति दाँत र गिँजालाई कुनाकुनासम्म पुग्ने गरी मल्नुपर्छ । अनि ब्रसलाई तलमाथि (दायाँ बायाँ होइन) गरेर सफा गर्नुपर्छ । नत्र दाँत चाँडै नै बिग्रन सक्छ । बुझ्यौ ?’

विद्यार्थी रामु – ओ हो त्यो त थाहै थिएन । किन त्यस्तो गर्नुपर्छ गुरु आमा !’

गुरु आमा – हो, ठीक भन्यौ । सबैले बुझिराख्नुपर्ने कुरा ग¥यौ । हामीले खाएका खानाका स–साना कण दाँतमा अड्केका हुन्छन् । यसले मुख गनाउने र दाँत बिग्रने समस्या आउन सक्छ । त्यसैले सकिन्छ भने बिहान बेलुका खानापछि दिनको दुईपटक माथि भने जस्तै गरी दाँत माझ्नुपर्छ । त्यो सम्भव नभए पनि बिहान एकपटक त माझ्नैपर्छ । ब्रसलाई दायाँबायाँ गरी चलाउँदा इनामेल खिएर चाँडै नै दाँत सड्न सक्छ बुझ्यौ ?’

विद्यार्थीहरू – बुझ्यौँ गुरु आमा !’

गुरु आमा – यस बाहेक केके गर्‍यौ नि ? बाबा आमाका काममा पनि सघायौ कि ?’

विद्यार्थीहरू – हो, गुरु आमा ! अलिअलि सघायौँ ।’

गुरु आमा – कसले केकस्तो काममा सघायौ भन त ?’

विद्यार्थी चम्पा – आमाले भ्याउनुभएको थिएन । त्यसैले आलु पखालेर काट्ने काममा सघाएँ ।’

गुरु आमा – अनि रामुले ?’

रामु – मैले खसीलाई  बारीबाट घाँस काटेर ल्याएँ ।’

गुरु आमा – अनि अरूले नि ?’

बाँकी विद्यार्थीहरू – कसैले केही भने, कसैले केही ।

गुरु आमा – हो, ठीक गर्‍यौँ, स्कुलको घन्टी बज्यो । जाउँ हिँड कक्षा कोठातिर ।

विद्यार्थीहरू हस गुरु आमा ! भन्दै गुरु आमासँगै कक्षा कोठामा छिर्चन् । पर्दा खस्छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप