जनजातिहरूको विकासका लागि गम्भीर हुन राष्ट्रिय प्रतिष्ठानलाई मन्त्री गुप्ताको निर्देशन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले देशको करिब ३७ प्रतिशत जनसङ्ख्या ओगटेको आदिवासी जनजातिहरूको विकास र उत्थानको विषयमा गम्भीर भएर पहलकदमी लिन आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई निर्देशन दिएका छन् ।
साेमबार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २५ औँ सञ्चालक परिषद्को बैठकमा बोल्दै मन्त्री गुप्ताले नेपालमा आदिवासी जनजाति सूचीकरणको विषय निकै जटिल र पेचिलो भएको बताए।
हुम्लो समुदायलाई आदिवासी जनजाति भित्र सूचिकृत गर्ने विषय लामो समयदेखि छलफल रहेको सुनिएको भन्दै सूचीकरणका लागि प्रतिष्ठानबाट आवश्यक कागजात प्राप्त भए मन्त्रालय मार्फत मन्त्रिपरिषद्मा पेस गरिने बताए।
प्रतिष्ठानको कार्यालय सञ्चालनका लागि हालसम्म आफ्नो भवन नहुँदा कामकाजमा समस्या भइरहेको बैठकमा उपस्थितहरूको गुनासोमा मन्त्री गुप्ताले हालसम्म भाडा घरमा सञ्चालन हुँदै आएको प्रतिष्ठानको आफ्नै भवन निर्माणका लागि आवश्यक पहल गर्ने विश्वास दिलाए।
प्रतिष्ठानको सह–अध्यक्ष समेत रहेएका मन्त्री गुप्ताले आदिवासी जनजातिहरूको साझा सरोकारका विषयहरूमा छलफल आवश्यक रहेको भन्दै सोसँग सम्बन्धित विषयहरू प्रस्ताव गरी राज्यले गर्नुपर्ने जिम्मेवारीको सन्दर्भमा मसिनो तरिकाले छलफल गर्न प्रतिष्ठान समितिलाई सुझाव दिएका थिए ।
प्रतिष्ठानको नियमावली र विनियम संशोधन नहुँदा त्यहाँ कार्यरत कर्मचारीहरूको वृत्तिविकास रोकिएको समिति पदाधिकारीहरूको गुनासोमा मन्त्री गुप्ताले कर्मचारीको आवश्यक वृत्ति विकासका लागि गर्नुपर्ने नियमावली र विनियम संशोधनका लागि अध्ययन गरी पेस गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिँदै आदिवासी जनजातिको महत्त्वपूर्ण मुद्दाको रूपमा रहेको आइएलओ महासन्धी १६९ अनुरूपको कार्य योजना निर्माण गर्न मन्त्रालयले अग्रसरता लिने बताए।
परिषद्को अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले परिषद् बैठकलाई उद्घाटन गर्दै कार्य व्यस्तताले बैठकको अध्यक्षता गर्न परिषद् सह–अध्यक्ष तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई निर्देशन दिएका थिए ।
उद्घाटनको क्रममा प्रधानमन्त्री ओलीले २०४७ सालपछि हालसम्मको महत्त्वपूर्ण उपलब्धिहरू भएको भन्दै लोकतन्त्रको प्रयोग/अभ्यासमा मतभेद देखिनु धेरै अस्वाभाविक नभएको र भएका कमजोरीबाट सच्चिएर अगाडी बढ्न सकिने बताएका थिए ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २५ औ सञ्चालक परिषद्को बैठक जेठ १९ र २० गते दुई दिन आदिवासी जानजातिहरुको साझा समस्या बाहेक विशिष्टीकृत समस्या पहिचान र समाधानका उपायहरू सहित सम्पन्न हुने परिषद्ले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीको गतिविधिले शङ्का पैदा भयो : माओवादी केन्द्र
-
एकदिवसीय शृङ्खलामा इङ्गल्यान्डसामु निरीह बन्यो वेस्ट इन्डिज
-
भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिन्छु : गृहमन्त्री लेखक
-
राजावादी आन्दोलन रोकिएपछि राप्रपा नेताहरूका लागि सुरक्षाकर्मी पठाउँछौँ : गृहमन्त्री लेखक
-
फिल्म डेब्यु गर्दै ‘सक्किगोनि’की सुरक्षा
-
जातपात मान्ने कानुन र संविधानदेखि जातपात हटाउने कानुन र संविधानसम्म