निजामती विधेयकमा कर्मचारी संगठनहरूको विरोध, भाेलि संसद् गेट अगाडि धर्ना दिने
काठमाडौँ । सरकारले ल्याएको संघीय निजामती सेवाको विधेयकमा कर्मचारी संगठनहरूले विरोध जनाएका छन् । आफूहरुका मागलाई विधेयकमा नसमेटिएको भन्दै कर्मचारी संगठनहरुले विरोध जनाएका हुन् ।
यस्तै कर्मचारीहरुका मागलाई समावेश गरी ऐन जारी गराउन आवश्यक पर्ने आन्दोलनको स्वरुप निर्धारण र परिचालन गर्न समितिहरु समेत गठन गरिएको छ । संयुक्त ट्रेड युनियन सञ्जालमा आवद्ध सबै ट्रेड युनियनका अध्यक्षहरु रहेको उच्चस्तरीय आन्दोलन निर्देशक समिति गठन गरिएको छ ।
त्यस्तै संयुक्त ट्रेड युनियन सञ्जालमा आबद्ध ट्रेड युनियनका दोश्रो (वरिष्ठ उपाध्यक्ष/उपाध्क्ष) वरियातामा रहेकाहरुको आन्दोलन परिचालन समिति समेत गठन गरिएको छ ।
उक्त ट्रेड युनियनका महासचिवको नेतृत्वमा आन्दोलन परिचालन सचिवालय समिति र सचिवालयमा प्रत्येक ट्रेड युनियनबाट ३/३ जना पदाधिकारी सदस्य रहने छन् ।
मंगलबार उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भेला भई संघीय संसद्को पश्चिम गेटमा धर्ना दिने छन् भने रिपोर्टस क्लब भृकुटीमण्डपमा दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण