शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पुरानो म्याटमा भलिबल खेलाउँदा खेलाडी घाइते

मङ्गलबार, ०१ कात्तिक २०७९, १४ : ०१
मङ्गलबार, ०१ कात्तिक २०७९

नवौँ राष्ट्रिय खेलकुदमा पुरानो म्याटमा भलिबल खेलाउँदा एउटै खेलमा तीन खेलाडी घाइते भएका छन् ।  पोखरा रंगशालास्थित भलिबल कोर्टमा  भएको दोस्रो क्वार्टरफाइनल खेलमा तीन खेलाडी घाइते हुँदा खेल अवरुद्ध भएको छ । 

प्रतियोगिताअन्तर्गत एपीएफ र लुम्बिनी प्रदेशबीचको खेलमा मंगलबार तीन खेलाडी घाइते भएका हुन् । एपीएफका  रुपेन्द्र नेपाली र टेक अवस्थी तथा लुम्बिनीका विजय परियार घाइते भएका थिए । जम्प गरेपछि ल्यान्डिङको क्रममा खेलाडीहरू घाइते भएका थिए । घाइते खेलाडीको प्राथमिक उपचार भइरहेको छ । 

केही दिनअघि गण्डकीका प्रेम कुमाल पनि यसैगरी घाइते भएका थिए । अहिले म्याट हटाएर खेल खेलाउने तयारी हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप