रुससँगको सम्बन्धलाई लिएर जर्मनीका साइबर सेक्युरिटी प्रमुख बर्खास्त
बुधबार, ०२ कात्तिक २०७९, ०७ : १८
जर्मनीको साइबर सेक्युरिटी प्रमुखलाई आफूले स्थापना गरेको सहयोगी संस्थामार्फत रुससँग अत्यधिक नजिक भएको आरोप लागेपछि बर्खास्त गरिएको छ । अर्ने स्कोनबोमले सन् २०१६ देखि संघीय साइबर सेक्युरिटी अथोरिटी (बीएसआई)को नेतृत्व गरेका थिए ।
जर्मन सञ्चारमाध्यमले उनीमाथि रुसी गुप्तचर सेवामा संलग्न व्यक्तिसँग सम्बन्ध रहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले उनीमाथि लागेको आरोपको छानबिन गरिरहेको छ । तर उनी तत्काल लागु हुने गरी सेवाबाट बर्खास्त गरेको पुष्टि गरेको छ ।
बीएसआईको नेतृत्व गर्नुअघि स्कोनबोमलले साइबर सुरक्षा मामिलाहरूमा व्यापार र नीति निर्माताहरूलाई सल्लाह दिने एक निजी संघ, साइबर सुरक्षा परिषद जर्मनी स्थापना र सञ्चालन गर्न मद्दत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण