त्यो समय विवाह नगरेको भए अहिले पछुतो हुन्थ्योः हरिवंश आचार्य
‘महापुरूष’ कात्तिक ११ गतेबाट प्रदर्शनमा आउने फिल्म हो । नातिनातिना भइसकेका एकल हजुरबुबाले बुढेसकालमा विवाह गर्न लागेको कथामा फिल्म निर्माण भएको छ ।
फिल्मको ट्रेलरमा पनि हरिवंश आचार्यले बुढेसकालमा विवाह गर्न लागेको प्रसंग देखाइएको छ । त्यसैले ट्रेलर सार्वजनिक भएपछि धेरैले फिल्मको वास्तविक कथा हरिवंशकै भएको अनुमान लगाएका छन् ।
मंगलबार फिल्म युनिटले आयोजना गरेको एक कार्यक्रममा आचार्यलाई पत्रकारको प्रश्न थियो, ‘फिल्मको कथा तपाईको वास्तविक जीवनसँग कति मेला खान्छ ?’। कार्यक्रममा आचार्यले आफ्नो जीवनसँग फिल्मको कथा थेरै मिल्न खोजेपनि मेल नखाने बताए ।
‘फिल्मले श्रीमतीको निधन भएपछि अर्काे विवाह गर्न चाहने कथा देखाइएको छ । यो मेरो जीवनभन्दा भिन्न छ । आचार्यले भने ‘मेरो पनि छोराहरु बडीगाढ भएर घरमा बसिरहन मिल्दैन थियो । व्यापार व्यवसायमा मन दिनुपर्ने बेलामा मेरो मात्र पिर गरेर बस्ने हुन् कि भन्ने फिल हुन्थ्यो ।’
आफूले उमेरको हिसाब गरेर धेरै लेट गर्यो भने गाह्रो हुन्छ भनेर छोराहरूकै सल्लाह अनुसार विवाह गरेको बताएका उनले विवाह गरेपछि आफ्नो जीवन सहज भएको सुनाए ।
‘विवाह गरेपछि मेरो जीवनमा सहज भयो र काममा फर्किन सकेँ । छोराहरूले आमा पाए, मैले जीवनसाथी’ आचार्यले थपे, ‘त्यो समय विवाह नगरेको भए अहिले पछुतो हुनेरहेछ ।’ विवाहपछि जीवन सजिलो भएको उनले सुनाए ।
‘मेरो जीवनमा जुन घटना घट्यो । त्यो दुःखद हो । तर पनि विवाह भएकोले जीवन सहज भयो, ’ उनले थपे । फिल्ममा हरिवंशसँगै, मदनकृष्ण श्रेष्ठ, रवीन्द्र सिंह बानियाँ गौरी मल्ल, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल लुईँटेल लगायत कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण