सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आलोचनात्मक ट्वीट गर्ने अमेरिकी नागरिकलाई साउदीमा १६ वर्ष जेल

बुधबार, ०२ कात्तिक २०७९, ०९ : १७
बुधबार, ०२ कात्तिक २०७९

साउदी अरेबियामा पक्राउ परेका एक अमेरिकी नागरिकलाई सरकारको आलोचना गर्ने ट्वीट लेखेको आरोपमा १६ वर्षको जेल सजाय सुनाइएको बीबीसीले जनाएको छ ।  साउदी नागरिकता भएका ७२ वर्षीय साद इब्राहिम अल्मादीलाई नोभेम्बरमा आफ्नो परिवारलाई भेट्न फ्लोरिडाबाट रियाद गएको बेला पक्राउ गरिएको थियो । 

उनको छोराले पहिलो पटक उक्त घटनाबारे सार्वजनिक रूपमा बोलेका छन्, जुन उनकै शब्दमा अमेरिकी आधिकारिक सल्लाह विपरीत हो । साउदी अधिकारीहरूले बाबुलाई गिरफ्तार गरेपछि यातना दिने अवस्थाहरूमा राखिएको उनले आरोप लगाए । आफ्ना बाबु जेलमै मृत्यु भएको आफूले देख्न नचाहेको पनि उनले बताएका छन् ।

जेल सजाय सुनाउने साउदी अदालतले उनलाई राज्यलाई अस्थिर पार्ने प्रयास गरेको र आतंकवादलाई समर्थन र आर्थिक सहयोग गरेकोमा दोषी ठहर गरेको थियो । अदालतमा अल्मादीले पोस्ट गरेका १४ ट्वीटलाई आधार बनाएर उनलाई सजाय तोकिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप