मंसिर ४ को चुनाव सामान्य निर्वाचन होइन, माओवादी बलियो भए परिवर्तनको रक्षा हुन्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी मंसिर ४ गते हुने आमनिर्वाचन सामान्य निर्वाचन नभएको बताएका छन् । मंसिर ४ को चुनाव अहिलेसम्म प्राप्त उपलब्धि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायत रक्षा गर्न खोज्ने र उपलब्धि तथा परिवर्तन उल्टाउन खोज्ने बीचको लडाइँ प्रचण्डको भनाइ छ ।
ललितपुरमा प्रेस सेन्टर नेपालको कार्यक्रममा बोल्दै प्रचण्डले मंसिर ४ को निर्वाचन सामान्य निर्वाचन मात्रै हो भन्ने छुट नभएको भन्दै जनमत निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । प्रतिक्रियावादीहरुले माओवादी र त्यसको नेतृत्वमाथि निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै प्रचण्डले भने, ‘हामी बलियो हुँदा परिवर्तन जोखिन्छ र समाजवादमा जान आधार पनि तयार हुन्छ ।’
उनले प्रतिक्रान्तिको खतरा अझैपनि कायम रहेको जिकिर गर्दै आफुहरुकै सक्रियताका कारण गत वर्ष केपी ओलीको प्रतिगमनलाई परास्त गर्न सकिएको बताए । उनले खासखास निर्वाचन क्षेत्रमा प्रतिक्रियावादीहरु सल्बलाएको उल्लेख गर्दै प्रचण्डले त्यहाँ चलाइएका भ्रमलाई चिर्न जरुरी रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण