शान्तिपूर्ण भनिएपनि रक्तपातहिन युद्ध चलिरहेको छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले शान्तिपूर्ण भनिएपनि रक्तपातपूर्ण युद्ध चलिरहेको बताएका छन् । ललितपुर प्रेस सेन्टरले खुमलटारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रचण्डले प्रतिक्रियावादीहरुले माओवादी मुख्य लिडरसिपलाई घेरा हाल्ने प्रवृत्ति देखिएको बताए ।
‘प्रतिक्रियावादीको माओवादी मुख्य लिडरलाई घेरा हाल्ने देखिएको छ । हामीले प्राथमिकताका साथ कसरी रक्षा गर्ने भन्न सक्नुपर्यो । अहिले रक्तपातहिन युद्ध नै चलिराखेको देख्छु । रक्तपातपूर्ण छैन हेर्दा शान्तिपूर्ण छ । हो गर्ने पनि त्यहीँ नै हो’ प्रचण्डले भने, ‘हिजो प्रतिक्रियावादीले घेरा हाल्ने र सखाप पार्ने हुँदा तोडेर निस्कने हुन्थ्यो । अहिले पनि घेरा नै भ्रम दिने कोसिस भईराख्या छ । हामीले भ्रम चिर्ने घेरा तोड्ने र प्रतिवाद गर्ने हो ।’
अहिलेको प्रतिक्रियावादी घेरालाई शान्तिपूर्ण तरिकाले मिडियामार्फत जनमत निर्माणमा जुट्न प्रचण्डले आग्रह गरे । ‘एउटाले हार्छ अर्कोले जित्छ भन्नेगरी लिनुहुँदैन । सबै साथीहरु आआफ्नो ठाउँबाट अधिकतम जनमत निर्माणमा प्रयास गरौं’ उनले भने, ‘हामीले जित्दा समाजवादको आधार निर्माण गर्ने वातावरण बन्छ । हामी कमजोर हुँदै सबै परिवर्तनका उपलब्धि उल्टिने खतरा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानले उत्पादन गरेको फापर गाउँपालिकाले किन्यो
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)