बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

आर्मी पुरुष भलिबलको फाइनलमा

बुधबार, ०२ कात्तिक २०७९, १५ : ११
बुधबार, ०२ कात्तिक २०७९

विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलको फाइनल प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै फाइन प्रवेश गरेको हो । 

पोखरा रंगशालास्थित कोर्टमा पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २१–२५ ले गुमाएको थियो । तेस्रो सेटमा २५–२३ ले जितेको आर्मीले चौथो सेट २५–१९ ले जित निकाल्दै कम्तिमा रजत पदक पक्का गरेको हो । 

आर्मीले आजै हुने दोस्रो सेमिफाइनल खेलको विभागीय टोली नेपाल एपीएफ क्लब र गण्डकी प्रदेशबीचको विजेतासँग स्वर्णका लागि खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप