मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

म्याजिक भ्यानबाट खसेर एक बालकको मृत्यु

बुधबार, ०२ कात्तिक २०७९, १६ : ०६
बुधबार, ०२ कात्तिक २०७९

महोत्तरीको बर्दिबास नगरपालीका–८ सानो किशानमा बुधबार गुडिरहेको म्याजिक भ्यानबाट खसेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय नर बहादुर राईका ७ वर्षीय छोरा पृथ्वी राई रहेका छन् । 

ना ३ च ५७५३ नम्बरको म्याजिकबाट मंगलबार मध्यान्ह १२ बजे खसेर गम्भिर घाइते भएका बालकको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा संलग्न सवारी साधनका चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप