शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

थप ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि

बुधबार, ०२ कात्तिक २०७९, १६ : ४०
बुधबार, ०२ कात्तिक २०७९

देशभर थप ४८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ७८३ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ४२ तथा एन्टीजेनबाट ६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ५० जना निको भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ७२८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २१ हजार ४२५ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् । कोरोना महामारीमा नेपालमा हालसम्म १२ हजार १८ जनाको मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप