बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा हुने

बिहीबार, ०३ कात्तिक २०७९, १० : १५
बिहीबार, ०३ कात्तिक २०७९

दशौँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना हुने भएको छ । बुधबार पोखरामा बसेको राष्ट्रिय खेलकुद बोर्ड बैठकले ०८१ मा हुने उक्त राष्ट्रिय खेलकुद आयोजना कर्णालीको राजधानी वीरेन्द्रनगरमा हुने निर्णय गरेको हो । कर्णाली खेलकुद परिषदका सदस्य सचिव विश्वामित्र संज्यालका अनुसार कुन महिना हुने भन्ने कुराको टुङ्गो लाग्न बाँकी छ ।

आयोजना सम्पन्न गर्नका लागि कर्णालीमा निर्माणाधीन प्रदेश गौरवको रङ्गशालाको काम धमाधम भइरहेको छ । ३० महिनाभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको आयोजना निर्माणको काम सुरु भएको ठिक एक बर्ष पुगेको छ । 
गौरवको योजनाको कुल लागत लागि एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँ रहेको छ । रङ्गशाला १० हजार दर्शक अट्ने क्षमताको बनाउने तयारी भइरहेको छ भने भलिबल, बास्केटबल लगायतका खेलहरु खेल्न मिल्नेछ । 

यस्तै, भिआइपी, ‘वेटिङ रुम, भिआइपी प्याराफिट, मेडिकल वार्ड, रेफ्री, चेन्जिङ र रिफ्रेस रूम, स्वीमिङ पुल, पार्किङ लगायतका संरचनाहरु पनि निर्माण हुनेछन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप