पाल्पाको रिब्दीकोटले दियो ७० हजार किलो आलुको बिउ
व्यवसायिक रुपमा आलु खेती गरेर पालिकाभित्रका किसानलाई आत्मनिर्भर बनाउन पाल्पाको रिब्दीकोट गाउँपालिकाले पहिलो प्रयास स्वरुप किसानलाई अनुदानको आलुको बिउ वितरण गरेको छ । गाउँपालिकाले १५ दिने सूचना निकालेर मागको आधारमा किसानलाई ७० हजार किलो आलु वितरण गरेको छ । यो आलु ५० प्रतिशत अनुदानमा बितरण गरिएको गाउँपालिकाका अध्यक्ष नारायण कार्कीले जानकारी दिए ।
कृषिमार्फत समृद्ध रिब्दीकोट बनाउने योजनाअनुरुप व्यवसायिक रुपमा आलु उत्पादन बढाउन आलुको बिउ वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष कार्कीका अनुसार निर्वाचनमा मतदातासँग गरेको बाचा अनुसार रिब्दीकोट गाउँपालिकाबाट आ.व. २०७९÷०८० कृषि कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका १ हजार ४ सय घरपरिवारलाई आलुको बिउ वितरण गरिएको हो ।
कार्कीका अनुसार कार्डिनल रातो आलुको बिउ विवरण गरिएको हो । गाउँ गाउँमा दैनिक तरकारीमा उपयोग हुने आलुको व्यवसायिक रुपमा समेत विस्तारमा सहयोग पुगोस् भनेर पचास प्रतिशत अनुदानमै भएपनि उत्पादन वृद्धिको लक्ष्य सहित बिउ वितरण गरिएको कार्कीले रातोपाटीलाई बताए ।
कार्कीका अनुसार गाउँपालिकाले गाउँमै उत्पादन वृद्धि, स्वरोजगार र आयमुलक कामका लागि आवश्यक बजेट विनियोजन गरिएको र सोही अनुसारको नीति तथा कार्यक्रम समेत लागू गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण