मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

ओलीले भने- मदनकृष्ण श्रेष्ठको बाँचुञ्जेल अभिनय गर्ने सदिच्छा पूर्ण होओस्

शुक्रबार, ०४ कात्तिक २०७९, १० : ०९
शुक्रबार, ०४ कात्तिक २०७९

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई चलचित्र महापुरुष हेर्ने लागेको बताएका छन् । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य अभिनय रहेको चलचित्र  ‘महापुरुष’ कात्तिक ११ गते अर्थात् तिहारको भाइटीकाको भोलिपल्ट प्रदर्शन हुँदैछ ।

पूर्वप्रधानमन्त्री ओलीले सुप्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठको बाँचुञ्जेल अभिनय गर्ने सदिच्छा पूर्ण होओस् भन्ने कामना पनि गरेका छन् । ‘मलाई पनि उहाँद्वारा पछिल्लो पटक अभिनीत चलचित्र ‘महापुरुष’ हेर्ने इच्छा लागेको छ। चलचित्र महापुरुषको भव्य सफलताको कामना गर्दछु,’ ओलीले सामाजिक सञ्जालमा भनेका छन् । हालै आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप