१० हजारले गरे पुष्प मेलाको अवलोकन, २१ लाख बढीको कारोबार
गोदावरी पुष्प मेलाको दोस्रो दिन शुक्रबार दश हजार बढीले अवलोकन गरेका छन् । सो संख्याको अवलोकनकर्ताबाट २१ लाख ७५ हजारको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फयान) का महासचिव विश्वमणि पोखरेलले जानकारी दिए ।
‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी २०७९ जावलाखेल मैदानमा जारी छ । सो मेलाको बिहीबार उद्घाटन गरिएको हो । नजिकिएको तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनी आयोजना गरिएको पोखरेलले जानकारी दिए । फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यावसायिक प्रवर्द्धन गर्ने उद्देश्य अनुरूप मेला आयोजना गरिएको हो ।
मेलामा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल दुई र सूचनामूलक चार गरी ५५ स्टल छन् । तिहारमा २० लाख सयपत्री, मखमली तीन लाख र गोदावरीको २५ हजारसम्म माला खपत हुने फ्यानको अनुमान छ । नेपाल ९० प्रतिशत फूलमा आत्मनिर्भर रहेको छ ।
कोरोनाका कारण फूल उत्पादन घटे पनि हाल १० देखि २० प्रतिशत फूलको माग बढ्नुका साथै उत्पादन पनि बढेको छ । गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिनेछ । प्रदर्शनीमा सहभागी नर्सरी र फर्मले उत्पादित गोदावरी फूलको पाँच प्रजातिमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिमा १० मिनियचर, २० स्पाइडर, ३० रिफ्लेक्स, ४० इन्कर्भ र ५० गोदावरीको कट फ्लावर प्रजाति छन् । पुष्प मेला कात्तिक ६ गतेसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण