बर्दियामा पाटेबाघको आक्रमणबाट दुईजना घाइते एकको अवस्था गम्भीर
शुक्रबार, ०४ कात्तिक २०७९, २१ : ४८
बर्दियामा पाटेबाघको आक्रमणबाट दुईजना घाइते भएका छन् । भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षको जङ्गलमा च्याउ खोज्न गएका बेला बर्दिया जिल्ला गुलरिया नगरपालिका–१ खैरापुर बस्ने ३२ वर्षीय राकेश लोध र सोही जिल्ला मधुवन नगरपालिका–७ बस्ने ४१ वर्षीय सोम श्रेष्ठ बाघको आक्रमणमा परी घाइते भएको इलाका प्रहरी कार्यालय ढोढरी बर्दियाका प्रहरी निरीक्षक महेन्द्रजङ्ग बुढथापाले जानकारी दिए ।
साँझ ५ः३० बजे च्याउ खोज्ने क्रममा पाटेबाघले आक्रमण गरेको थियो । घाइतेमध्ये सोम श्रेष्ठ गम्भीर छन् । उनको दाहिने खुट्टा क्षतविक्षत छ भने शरीरका विभिन्न भागमा बाघको नङ्ग्राले चिथोरेको छ । उनका साथमा गएका राकेश लोध भने सामान्य घाइते रहेको मधुवन–७ का वडाध्यक्ष राजेन्द्र हमालले जानकारी दिए । घाइतेको उपचारका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण