शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बर्दियामा पाटेबाघको आक्रमणबाट दुईजना घाइते एकको अवस्था गम्भीर

शुक्रबार, ०४ कात्तिक २०७९, २१ : ४८
शुक्रबार, ०४ कात्तिक २०७९

बर्दियामा पाटेबाघको आक्रमणबाट दुईजना घाइते भएका छन् । भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षको जङ्गलमा च्याउ खोज्न गएका बेला बर्दिया जिल्ला गुलरिया नगरपालिका–१ खैरापुर बस्ने ३२ वर्षीय राकेश लोध र सोही जिल्ला मधुवन नगरपालिका–७ बस्ने ४१ वर्षीय सोम श्रेष्ठ बाघको आक्रमणमा परी घाइते भएको इलाका प्रहरी कार्यालय ढोढरी बर्दियाका प्रहरी निरीक्षक महेन्द्रजङ्ग बुढथापाले जानकारी दिए । 

साँझ ५ः३० बजे च्याउ खोज्ने क्रममा पाटेबाघले आक्रमण गरेको थियो । घाइतेमध्ये सोम श्रेष्ठ गम्भीर छन् । उनको दाहिने खुट्टा क्षतविक्षत छ भने शरीरका विभिन्न भागमा बाघको नङ्ग्राले चिथोरेको छ । उनका साथमा गएका राकेश लोध भने सामान्य घाइते रहेको मधुवन–७ का वडाध्यक्ष राजेन्द्र हमालले जानकारी दिए । घाइतेको उपचारका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप