विस्फोटक पदार्थको ओसारपसारमा रोक
शनिबार, ०५ कात्तिक २०७९, १० : ४०
जिल्ला प्रशासन कार्यालय मोरङले विस्फोटक पदार्थको ओसारपसार, खरिद, बिक्रीमा पूर्णतः रोक लगाएको छ ।
चाडपर्वमा भुइँचम्पा, पटाका, रकेट जस्ता विस्फोटक र ज्वलनशील वस्तु तथा पदार्थको प्रयोगले आगलागी, धनजनमा क्षति हुन सक्ने सम्भावना र वातावरणमा समेत प्रतिकूल असर पर्न सक्ने भएकाले रोक लगाएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताए।
उनले कोही कसैबाट गैरकानुनी क्रियाकलाप भए-गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने बताए। प्रशासनले तिहारमा देउसी, भैलो जस्ता कार्यक्रम राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण