प्रतिनिधिसभा सदस्यका लागि ८६७ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ८६७ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा रहेका छन् । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका कूल २ हजार ४१२ उम्मेदवार मध्ये सबैभन्दा धेरै स्वतन्त्र तर्फबाट उम्मेदवारी परेको हो ।
निर्वाचन आयोगका अनुसार राजनीतिक दलतर्फ सबैभन्दा धेरै नेकपा एमालेले १४१ स्थानमा उम्मेदवारी दिएको छ । दोश्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीले १४० स्थानमा उम्मेदवारी दिएको छ । तेश्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले १३१ स्थानमा उम्मेदवारी दिएको छ । चौथो स्थानमा रहेको नेपाल मजदुर किसान पार्टीले १०९ स्थानमा उम्मेदवारी दिएको छ ।
यस्तै नेपाली कांग्रेसले ९१ स्थानमा मंगोल नेशनल अर्गनाइजेशनले ८८ स्थानमा, जनता समाजवादी पार्टी नेपालले ७९ स्थानमा, हाम्रो नेपाली पार्टीले ६२ स्थानमा, राप्रपा नेपालले ५८ स्थानमा राष्ट्रिय जनमुक्ति पार्टीले ५६ स्थानमा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५१ स्थानमा उम्मेदवारी दिएका छन् ।
यस्तै नेकपा माओवादी केन्द्रले ४६ स्थानमा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ४० स्थानमा, नेपाली कांग्रेस वीपीले ३९ स्थानमा, नेकपा एकीकृत समाजवादी पार्टीले २१ स्थानमा उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण