मनी लान्ड्रिङ मुद्दामा ज्याकलिनलाई अदालतबाट ठूलो राहत
शनिबार, ०५ कात्तिक २०७९, १७ : ४२
दिल्लीको पटियाला हाउस कोर्टले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसलाई मनी लान्ड्रिङ मुद्दामा ठुलो राहत दिएको छ । समाचार एजेन्सी एएनआईका अनुसार ज्याकलिनको अन्तरिम जमानत नोभेम्बर १० सम्म लम्बिएको हो ।
एनआईए विशेष न्यायाधीश शैलेन्द्र मलिकले मुद्दामा फैसला सुनाउँदै नियमित जमानत र अन्य बाँकी आवेदनहरूमा अर्को सुनुवाइ अब नोभेम्बर १० मा हुनेछ। अदालतले प्रवर्तन निर्देशनालयलाई दुई सय करोड ठगी मुद्दामा सबै पक्षलाई चार्जशीट र अन्य कागजात पेश गर्न निर्देशन दिएको छ ।
ज्याकलिन शनिबार दिउँसो २ बजे पटियाला हाउस कोर्ट पुगेकी थिइन् । यसअघि २६ सेप्टेम्बरमा पटियाला हाउस कोर्टले अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई ५० हजार रुपैयाँको धरौटीमा अन्तरिम जमानत दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण