शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मनी लान्ड्रिङ मुद्दामा ज्याकलिनलाई अदालतबाट ठूलो राहत

शनिबार, ०५ कात्तिक २०७९, १७ : ४२
शनिबार, ०५ कात्तिक २०७९

दिल्लीको पटियाला हाउस कोर्टले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसलाई मनी लान्ड्रिङ मुद्दामा ठुलो राहत दिएको छ । समाचार एजेन्सी एएनआईका अनुसार ज्याकलिनको अन्तरिम जमानत नोभेम्बर १० सम्म लम्बिएको हो ।

एनआईए विशेष न्यायाधीश शैलेन्द्र मलिकले मुद्दामा फैसला सुनाउँदै नियमित जमानत र अन्य बाँकी आवेदनहरूमा अर्को सुनुवाइ अब नोभेम्बर १० मा हुनेछ। अदालतले प्रवर्तन निर्देशनालयलाई दुई सय करोड ठगी मुद्दामा सबै पक्षलाई चार्जशीट र अन्य कागजात पेश गर्न निर्देशन दिएको छ । 

ज्याकलिन शनिबार दिउँसो २ बजे पटियाला हाउस कोर्ट पुगेकी थिइन् । यसअघि २६ सेप्टेम्बरमा पटियाला हाउस कोर्टले अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई ५० हजार रुपैयाँको धरौटीमा अन्तरिम जमानत दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप